हवात्तै घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १७०० रुपैँयाले घटेको छ ।
छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैया र तेजावी सुन प्रतितोला ९५ हजार रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैया र तेजावी सुन प्रतितोला ९६ हजार ७०० रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार चाँदि ९० रुपैयाले घटेर १ हजार २ सय ३० रुपैँयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदि १ हजार ३ सय २० रुपैयामा कारोबार भएको थियो ।