अब मात्र २५ हजारमा रारा ताल घुम्ने अवसर

काठमाडौं – यती एयरलाइन्सले सस्तो प्याकेजमा घुमफिर गराउने भएको छ । एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि सस्तोमा विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ। त्यो मध्यको एक हो रारा ताल घुमफिर ।
एयर लाइन्सले मुगुको रारा ताल घुम्नका लागि दुई रात तीन दिनको प्याकेज ल्याएको छ । यो प्याकेजको लागत २५ हजार रुपैयाँ रहेको एयरलाइन्सले जनाएको छ। यसमा काठमाडौंदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म दुई ट्रिप हवाइ यात्रा हुने छ। यो लागतमा ब्रेकफास्ट, लञ्ज र डिनर पनि समावेस गरिएको छ।
यो प्याकेज एयरलाइन्सका सेल्स अफिस तथा ट्राभल एजेन्टबाट खरिद गर्न सकिने छ। अनलाइनबाट पनि खरिद गर्न सकिने एयरलाइन्सले जानकारी दिएको छ।
एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड १९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको हो।
अहिलेको समयमा विदेशबाट पर्यटक आउने सम्भावना नभएको र स्वदेशी पर्यटक नै मुख्य आधार भएकाले एयरलाइन्सले प्याकेज ल्याएको हो।