सानिमा जनरल इन्सुरेन्टको आईपीओ आउँदै, बोर्डले दियो अनुमति

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सले असोज महिनाभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सोमबार नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएपछि आईपीओ निष्काशन गर्ने पक्का भएको हो । बोर्डबाट कम्पनीले सोमबार आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।
कम्पनी निष्काशनले गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी वीवी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।
कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटलले निष्काशन गर्नेछ । सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।