फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्ेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० रुपैँयाले बढेको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैंया र तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार रुपैँया र तेजावी सुन प्रतितोला ९६ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै सोमबार चाँदी तोलामा ५ रुपैँयाले बढेर १ हजार ३ सय २० रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी १ हजार ३ सय १५ रुपैँयामा कारोबार भएको थियो ।