मेरो सेयरमा पीन कोडको व्यवस्था, यसरी राख्न सकिन्छ ४ अंकको कोड

काठमाडौं – मेरो शेयरमा पीन कोडको प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ। मेरो सेयरको सफ्टवेयरलाई थप सुरक्षित बनाउनलाई पीन कोडको व्यवस्था गरिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।
ओन टाइम पासवर्डलाई प्रतिस्थापन गरि पिन प्रयोग गरिएको सिडिएस एण्ड क्लियरिङ्गको भनाई छ । अबदेखि माइ आश्वा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा चार अंकको पिन अनिवार्य गरिएको छ।
मेरो शेयरमा पहिलो पटक लगइन गर्दा प्रयोगकर्तालाई ४ अंकको पीन सेट गर्न अनिवार्य गरिएको छ । पहिलो पटक राखिएको पीन संधैभरीलाई हुने सिडिएससीले जनाएको छ ।
सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन आबेदन दिँदा अनिवार्य रुपमा ४ अंकको पिन प्रयोग गर्नुपर्ने सीडीएससीले जनाएको छ।