नेपाल बैंकको बुक क्लोज मिति तोकियो

काठमाडौं – नेपाल बैंक लिमिटेडले बिशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले असोज ८ गते बिहीबार बुक क्लोज गर्ने निर्णय गरेको हो ।

असोज ७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । बैंकले असोज १९ गते बिशेष साधारणसभा आह्वान गरेको छ ।