के सांसदलाई गुण्डागर्दी गर्न छुट छ ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश प्रसाद दुलाल गुण्डागर्दीमा संलग्न रहेको पाइएको छ । काठमाडा क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित बाग्मती प्रदेशसभा सांसद दुलालले गैरकानुनी रुपमा स्थानियहरुको घरहरु भत्काएपछि उनको गुण्डागर्दी छताछुल्ल भएको हो ।

कुरा हो २०७७ साल बैशाख २० गतेको । त्यतिवेला देशभर लकडाउन गरिएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको वेलामा सांसद दुलाल भने एक हुल युवाहरुको नेतृत्व गरेर स्थानियहरुको घर भत्काउन व्यस्त थिए । उनको नेतृत्वमा रहेको टोलीले काठमाडौं मध्यबानेश्वर स्थित मितेरी मार्गमा रहेको अमेरदिप गल्लीमा प्रवेश गर्यो । पीडित स्थानियले लकडाउनको वेलामा उजुर बाजुर गर्न नसक्ने भएकाले सांसद दुलालले पालेका युवाहरुको समूहलाई परिचालन गरेर स्थानियको घर र पर्खाल भत्काइदिए ।

दुलालको नेतृत्वमा आएको उक्त टोलीले ६ घरको पर्खाल भत्काएको थियो । अहिले आउजाउ गर्ने उक्त गल्लीमा माटो थुपारिएकाले अवरुद्ध छ । साविकको तीन फुटको गोरेटो बाटोलाई चौडा गर्ने भन्दै सांसद दुलालले स्थानियको घर र पर्खाल भत्काएका हुन ।

सांसदलाई विकास निर्माणमा प्रत्यक्ष संलग्नता हुने नपर्ने भएता पनि दुलालेले व्यक्तिगत स्वार्थका कारण जनताको उठिवास लगाउन थालेको स्थानियले बताएका छन । दुलालले जग्गाको कारोबार गर्ने एक पश्चिमका व्यापारीको घरका लागि बाटो खोलाउन विभिन्न प्रपन्च गरेको पीडितहरुको भनाई छ । घरसम्म पुग्नका लागि गोरेटो बाटो मात्र छ भन्ने थाहा हुँदा हुँदै ती व्यापारीले सस्तोमा घर किनेको बताइएको छ । त्यही घरका लागि बाटो खुलाएर करोडौंमा विक्रि गर्ने उद्येश्यका साथ दुलाललाई प्रलोभनमा पारेर गैरकानुनी धन्दा गर्न लगाएको उनीहरुको भनाई छ ।

अदालतको मानहानी

मध्यबानेश्वरमा बासुकी नगरस्थित उक्त गोरेटा बाटोको आसपास स्थानियहरुले प्रचलित कानुन अनुसार नक्सा पास गरेर घर बनाएका थिए । कानुन सम्बत बनाएका घरहरु भत्काएर बाटो खुलाउन लागेपछि स्थानियले अदालतमा निषेधाज्ञाको मुद्धा दायर गरेका थिए । उक्त मुद्धामा सुनुवाई गर्दै उच्च अदालत पाटन र सर्वोच्च अदालतले त्यो क्षेत्रमा निषेधाज्ञाको आदेश दिएका थिए । उक्त निषेधाज्ञाको उल्लङ्घन गर्दै सांसद दुलालको टोलीले गएको बैशाख २० गते हुलहुज्जतसहित घरहरुको पर्खाल भत्काएका थिए ।

अदालतको निषेधाज्ञाको अवज्ञा गर्दै उनीहरुले घरको सुरक्षाका लागि लगाइएको पर्खाल भत्काएको स्थानिय डा। अनुप सिंहले बताए । उनले भने, ‘अदालतको आदेश देखाउँदा पनि सांसद दुलालले अदालत सदालत मान्दैनौं भन्दै घरको सुरक्षाका लागि लगाएको पर्खाल भत्काए ।’

‘लोकतन्त्रमा सार्वजनिक पद धारण गरेको व्यक्तिले अदालतको आदेश मान्दिन भन्छ भने यहाँ लोकतन्त्र कहाँ छ’, सिंहले भने ‘सांसद जस्तो व्यक्तिले अदालतको आदेश नमाने कसले मान्छ ।’ पर्खाल भत्काउनमा वडा अध्यक्षको पनि संलग्नता रहेको स्थानियले बताएका छन । पार्टी एउटै भएकाले मिलेमत्तोमा सांसद र वडाध्यक्षले उक्त घटना घटाएको पीडित सानु कटुवालले बताए ।

‘मेरो घरको मुनितिर खोतलेर जगको इट्टा निकालिएको छ’ मोटिभेट न्यूज डटकमसँग कटुवालले भने, ‘पर्खालको इट्टासमेत निकालिएको छ । हामी जनप्रतिनिधिसँग असुरक्षित भयौं । प्रशासनले समेत हामीलाई सुरक्षा दिएन ।’

सत्ताको उन्मातका कारण सांसद दुलालले दुण्डागर्दी गरेको पीडित स्थानियको भनाई । आफ्नो भोटको समेत प्रवाह नगरी एक ठेकेदारको पछि लागेर कमिसनको लोभमा सांसद दुलालले राजनीति विर्सिएको उनीहरुको भनाई छ । दुलालसँगै काँग्रेसको राजनीति गरेको बताउने गोपिकृष्ण गौतमसमेत उक्त घटनाका दोषि भएको पाइएको छ ।

‘प्रतिनिधि सभा सांसद तथा काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको पिए हुँ भन्दै धम्की दिने, गुण्डागर्दी गर्ने, दुलालसँगको साझेदारीमा ठेकापट्टा गर्ने गरेका छन ।’ मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै स्थानियले भने, ‘गौतमले नेकपाको त बदनाम गराए गराए काँग्रेस नेता प्रकाशमान सिंहको इज्यत पनि माटोमा मिलाए । उनी प्रकाशमानको नाम मात्र वेच्ने हो । पिए सिए केही होइन ।’

स्थाथियले सांसद दुलालका विरुद्धमा अदालतको मानहानी मुद्धा दायर गरेका छन । सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई गर्दै विपक्षिलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

मुआव्जा दिए जग्गा दिन तयार

स्थानियहरुले नियमानुसारको मुआव्जा दिए जग्गा दिन आफूहरु तयार भएको बताएका छन । ‘मुआव्जा दिए हामी जग्गा दिन तयार छौं,’ पीडित ६ घर मध्येका एक जनाले मोटिभेटसँग भने, ‘हामी ६ घरको करिव ६ आना जग्गा मिचिन्छ । उक्त जग्गाको अहिलले चलनचल्तीमा ६ करोड भन्दा बढि हुन्छ । हामीलाई कानुन अनुसार मुआव्ज दिए सहज रुपमा जग्गा छाडिदिन्छौं ।’

नगरविकास ऐन अनुसार स्थानियको जग्गा अतिक्रमण गर्दा ५० प्रतिशत नगरविकासले व्यहोर्ने र ५० प्रतिशत उपभोक्तालाई व्यहोर्न व्यवस्था छ । उक्त ठाउँमा उपभोक्ता एक जनामा मात्र भएकाले समस्या भएको उनीहरुको भनाई छ । त्यही भएर गुडाहरु लगाएर घर भत्काउन लागेको पीडित स्थानियको भनाई छ । उपभोक्ताले मुआव्ज दिन नचाहेकाले समस्या उत्पन्न भएको उनीहरुको भनाई छ ।

यता प्रदेशसभा सांसद दुलालले सार्वजनिक जग्गा मिचेकाहरुको संरचना भत्काएको भन्दै झुट बोलका छन । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै दुलालले सार्वजनिक स्थानमा संरचना बनाएकाले भत्काएको बताए । तर स्थानियहरुले भने हरेक बर्ष घरजग्गा कर तिर्दै आएका छन । नम्बरी जग्गामा कानुन अनुसार नक्सा पास गरेर घर बनाएका उनीहरुलाई दुलालले पैसाको लोभमा मनलाग्दी बोल्ने गरेको आरोप लगाए ।

यो घटनाको भिडियोसहितको सामाग्री आगामी अंकमा प्रस्तुत गर्नेछौं । उक्त भिडियोमा सांसद दुलालको सीसी टिभी फुटेजसमेत समावेश गरिने छ ।