हेर्नुहोस् आज कति छ सुनको मूल्य ?

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थीर रहेको छ । नेपाल सनचांदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार रुपैँया र तेजावी सुन प्रतितोला ९६ हजार ५०० रुपैँया कायम रहेको छ । अघिल्लो दिन पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चांदी तोलामा १ हजार ३ सय १५ रुपैंयामा कारोबार भइरहेको सुनचांदी व्यवसायी महासंघकाले जनाएको छ ।