समीट लघुवित्तले यस वर्ष लाभांश नबाँड्ने

काठमाडौं – समिट लघुवित्त वित्तीय संस्था ले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको असोज १ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले २०७६र७७ को वित्तीय विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू प्रकाशन गरी साधारणसभा गर्नको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुमति माग्ने प्रस्ताव गरेको छ।

गत आर्थिक वर्षमा बैंकले २१.१० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

गत आर्थिक वर्षमा ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९२ पैसा छ।

हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ छ भने जगेडा कोेषमा ९ करोड ६४ लाख रुपैयाँ छ।

समिट लघुवित्त र सजिलो लघुवित्त एक आपसमा गाभिने सम्झौता गरेका छन्। सोहि कारण समिटको शेयर कारोबार गत माघ २३ गतेदेखि रोक्का गरिएको छ।