सामुदायिक लघुवित्तले माग्यो विभिन्न तहमा कर्मचारी

काठमाडौं – सामुदायिक लघुवित्तले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । कम्पनीले प्रबन्धक पदमा २ जना, नायब प्रबन्धक पदमा ३ जना, उप प्रबन्धक पदमा ३ जना र बरिष्ठ सामुदायिक विकास परिचालकमा १ जना कर्मचरी माग गरेको हो ।
कम्पनीले योग्यता पुगेका इच्छुक आवेदकलाई तोकिएको आवेदन शुल्क तिरेको भौचर र अन्य आवश्यक कागजात सहित १५ दिन भित्र कम्पनीको कार्यालय पुग्ने गरी वा इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।