ग्यासको मूल्य ह्वात्तै घट्यो

काठमाडौं – ग्यासको मूल्य घटेको छ । नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेपछि ग्यासको मूल्य घटेको हो ।

बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि संघले एक एकरुपता ल्याउन यस्तो निर्णय गरेको थियो । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार अब ग्यास भरिएको सिलिण्डरको मूल्य ३ हजार ४ सय ७५ रुपैयाँ तोकिएको छ ।

बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ मात्रै पर्नेछ । निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए ।

यसअघि नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा उपभोक्ताले चार हजार ५०० रुपैयाँसम्म तिर्न पर्ने बाध्यता थियो ।