लिवर्टीको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनीङ रेन्ज ?

काठमाडौं – लिवर्टी इनर्जी कम्पनीको आईपीओमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार नेप्से सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचीकृत भएका छन । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको आर्इपीओलाई शेयर कारोबार गर्नका एलइसी संकेत प्रदान गरिएको छ । आइतबारदेखि कम्पनीको आइपीओ दोश्रो बजारमा कारोबार हुनेछ ।