बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैँयाले बढेको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार र तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ६ सय र तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चांदी तोलामा १० रुपैँयाले बढेर १ हजार ३ सय ३० रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदीको भाउ १ हजार ३ सय २० रुपैँयामा कारोबार भएको थियो ।