रोङ गाउँपालिकाले माग्यो ४ जना स्वाथ्यकर्मी

काठमाडौं – इलामको रोङ गाउँपालिकाले ४ जना स्वाथ्यकर्मीको माग गरेको छ । गाउँपालिकाले मेडिकल अधिकृत आठौँ तह १ जना, स्टाफ नर्स सहायक पाचौँ तह २ जना र कार्यलय सहयोगी श्रेणी विहिन १ जना मागेको हो ।
मेडिकल अधिकृतमा आवेदन दिनेले मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमविविएस् उर्तिण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनु पर्नछ भने स्टाफ नर्सका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट पीसीएल नर्सिङ उर्तिण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने गाउपालिकाद्धारा जारी विज्ञापनमा उल्लेख छ ।
मेडिकल अधिकृतले दरखास्त बुझाउदा १ हजार रुपैँया शूल्क लाग्नेछ भने स्टाफ नर्सले ५ सय रुपैँया बुझाउनु पर्नेछ । त्यस्तै कार्यलय सहयोगीले कक्षा ८ उर्तिण गरेको हुनुपर्ने छ । आवेदन यही असोज ९ गतेसम्म बुझाईसक्नु पर्नेछ ।