माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौं – माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र कर सहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
अघिल्लो आर्थिक वर्षमा बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुर्पयाँ ८० पैसा कायम गरेको थियो।