दुई दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक

काठमाडौं –असोज महिनाको पहिलो कारोबार दिन बजार खुलेको साडे १ घण्टामा दुई दर्जनभन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ।

यसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन्। पछिल्ला केही दिनदेखि नै लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको शेयरमा आकर्षित भइरहेका थिए। यस दिन पनि यी कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण कायम नै देखिन्छ।