हवात्तै घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चांदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ ।
छापावाला सुन आज प्रतितोला ९६ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चांदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो ।