आशा लघुवित्तको लाभांश घोषणा

काठमाडौं – आशा लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६÷७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई १५ प्रतिशत लाभांश बोनस घोषणा गरेको छ । ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद गरि कुल १५.७८९४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार छ ।