पट्रोलिय पदार्थको मूल्य घट्यो

काठमाडौं – सार्वजनिक यातायात संचालन हुने भएपछि डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयाल निगमले बुधबार राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको जनाएको छ ।