बिहिबारदेखि लाइसेन्स वितरण गरिने

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको मिति सार्वजनिक भएको छ । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र असोज १ गतेबाट वितरण गर्ने भएको हो ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जनाएको हो । कार्यलयले लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ।

यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको छ । निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् ।