थप चार कम्पनीका स्यानिटाइजर बिक्री वितरणमा रोक

काठमाडौं – औषधि व्यवस्था विभागले थप चारवटा कम्पनीका ह्यान्ड स्यानिटाइजर बिक्रीवितरणमा रोक लगाएको छ । चीनको ग्वाङझाउस्थित ओपाकेल नन वासिङ एन्टिबेक्टेरियल सलुसन, ललितपुर सम्पदा हेल्थकेयरको सासा ह्यान्ड स्यानिटाइजर , भारत आरएल कोर्पको पामाकेयर ह्यान्ड स्यानिटाइजर र काठमाडौँको श्रीनाथ हर्बलको युनिकेयर ह्यान्ड स्यानिटाइजरलाई रोक लगाइएको हो ।
यी कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको विभागले जनाएको छ । स्यानिटाइजर उत्पादनको मापदण्डविपरीत विषाक्त रसायन ९मिथानोल० समावेश भएको र न्यून गुणस्तरको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विभागले प्रयोग नगर्न सर्वसाधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।
केही दिनअघि मात्र हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ’इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ गरी ५ वटा स्यानिटाइजरमा विषाक्त मिथानोल पाइएपछि रोक लगाइएको थियो ।