नयाँ जिम्मेवारीमा निर्वतमान अर्थमन्त्री डा. खतिवडा, अर्थ मन्त्रालय चलाउने

काठमाडौं – सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी नियुक्त गरेको हो ।

खतिवडालाई आर्थिक सल्लाहकार भनेपनि अर्थ मन्त्रालय चलाउने बालुवाटार निकट श्रोतको भनाई छ । उनले प्रधानमन्त्रीले सम्हालेको अर्थ मन्त्रालय बालुवाटारबाट चलाउने श्रोतको भनाई छ । उनले फाइलमा हस्ताक्षर गर्ने बाहेकका सम्पूर्ण काम गर्नेछन ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।