नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ । बाह्रौं तहका उपकार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले कोइरालालाई जिम्मेवाी दिएको मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले बताए। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्।

घिसिङलाई ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद बैठकमा अर्को कार्यकालका लागि नियुक्तिको प्रस्ताव लैजाने भनिए पनि बैठकमा कुलमानको नाम गएको थिएन।