वर्ल्डलिङ्कको आईपीओ आउँदै

काठमाडौं – देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा यस विषयमा जानकारी गराईएको हो ।

भर्चुअल पत्रकार सम्मेलनका बोल्दै कम्पनीका अध्यक्ष दीलिप अग्रवालले छिट्टै कम्पनीले साधारण सेयर जारी गर्ने बताए । त्यसको तयारी स्वरुप पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको अग्रवालको भनाई छ ।

२५ वर्षअघि अमेरिकाबाट बोकेर आएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट कम्पनी सुरु भएको थियो ।