फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौ – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार आज सनको मूल्य तोलामा ६०० ले बढेको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सोमबार सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चांदी मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।