युनिक नेपाल लघुवित्तको दुई करोड ७० लाखको आईपीओ आउँदै

काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ आउने भएको छ । कम्पनीले प्रति शेयर १०० अंकित दरको २ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

हाल लघुवित्तको अधिकृत पूँजी १० करोड रहेको छ भने जारी पूँजी ९ करोड र चुक्ता पूँजी ६ करोड ३० लाख रहेको छ। आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२०७५ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र लघुवित्तले २०७५ सालपौष १ गतेदेखि आफ्नो वित्तीय कारोवारको सुरु गरेको थियो । कोहलपुर, बाँकेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले ३८ वटा शाखा कार्यालय मार्फत सेवा दिदै आयेको छ । लघुवित्तले आर्थिक वर्ष ०७६/०७७ आषाढ मसान्तसम्ममा ४ करोड ५ लाख खुद मुनाफा गरेको छ ।