कुलमानको कार्यकाल आज सकिदै, अघोषित लोडसेडिङ सुरु

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल आज सकिदैछ । घिसिङ आजभन्दा ४ बर्ष पहिले भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
नेपाललाई लोडसेडिङ मुक्त गरेर वावाही पाएका घिसिङ मन्त्रीपरिषदले पुनः नियुक्त नगरे आज राती १२ बजेदेखि प्राधिकरणबाट बाहिरिदै छन । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले भने घिसिङलाई पुनः नियुक्ति गर्न मन्त्रीपरिषदमा प्रस्ताप पेस गरिसकेको जनाएको छ । उनलाई नियुक्ती गर्ने वा नगर्ने विषय प्रधानमन्त्रीका हातमा भएकाले केही भन्न नसकिने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार आइतबार (आज) बस्ने मन्त्रीपरिषदले पुनः नियुक्ति गर्ने वा नगर्ने विषयमा टुङ्गो लगाउने छ । तर उनको कार्यकाल सकिन १ दिन मात्र बाँकी रहदा काठमाडौंका विभिन्न ठाउँमा फरक फरक समयमा अघोषित रुपमा बक्ति गइरहेको छ । केहीले यसलाई कुलमानलाई हटाउने भएपछि सोलार, इन्भर्टर व्यापारीले चलखेल गर्न थालेको आरोप लगाउन थालेका छन ।
नेपाल लोडसेडिङ मुक्त भएपछि गोदाममा थन्किएका इन्भर्टर र सोलार विकाउन माफियाहरुले केही समय लोडसेडिङ गराउन प्राधिकरणका विभिन्न कर्मचारीहरुलाई प्रलोभनमा पारेको ओरोप उपभोक्ताहरुको छ । अघोषित रुपमा लोडसेडिङ गराएर केही समय नेपालीलाई फेरी अध्यारोमा राख्ने सड्यन्त्र भइरहेको प्राधिकरण श्रोतले समेत बताउने गरेको छ ।
यदी कुलमान घिसिङको पुनः नियुक्ति नभएमा नेपालमा ६ महिनादेखि १ बर्षसम्म लोडसेडिङ गराउने गरी सड्यन्त्र भइरहेको प्राधिकरणका माथिल्लो तहका एक कर्मचारीले बताए । ‘सकेसम्म भारतबाट आयातित विद्युतलाई रोक्ने, विद्युतका विभिन्न स्टेशनमा रहेको हाकिमलाई मोटो रकम दिएर खरिद गर्ने तथा विद्युत उत्पादन गर्ने तयारीमा रहेका परियोजनालाई ढिलाई गरेर लोडसेडिङ गर्ने तयारी भइरहेको छ’ नाम उल्लेख नगर्ने सत्रमा ती कर्मचारीले भने, ‘जनता जागरुक भइको खण्डमा यो सड्यन्त्रलाई परास्त पार्न सकिन्छ ।’
यसको सुरुवाती शनिबार बिहानबाट भइसकेको छ । विहान ४ बजे गएको बक्ति पाँच घण्टापछि विहान ९ बजे आएको थियो भने फेरी राती ९ बक्ति काटिएको थियो । यसरी पूर्व जानकारी विना बक्ति जानु भनेको अघोषित रुपमा गरिएको लोडसेडिङ नै भएको एक उपभोक्ताले बताए ।
शनिबार विहान र राती किन बक्ति भएको हो भनेर प्राधिकरणमा बुझ्दा सामान्य प्राविधिक समस्याका कारण बक्ति गएका् एक कर्मचारीले बताए । ‘केही मर्मत सम्भार गर्न पर्ने भएर बक्ति गएको हो, यो अघिषित लोडसेडिङ होइन’ उनले भने ।
मर्तत सम्भार गर्न परे प्राधिकरणले पूर्व सूचना निकालेर बक्ति काट्ने गरेको छ । तर शनिबार कुनै पूर्व जानकारी बक्ती काटिएको थियो ।