तीन लघुवित्तका ८ लाख बढि कित्ता आईपीओ आउँदै

काठमाडौँ – विभिन्न ३ वटा लघुवित्तहरूले ८ लाख २६ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्न लागेका हुन ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाले आर्इपीओ निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

त्यस्तै,, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड रूपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाले पनि आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई दिएको छ ।

यता, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड २६ लाख रूपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसको पनि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भइसकेको छ ।

त्यस्तै, यी तीनै वटा संस्थाहरूले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छैनन् । सेबोनमा निवेदन दिएर त्यहाँबाट अनुमति पाए पश्चात आईपीओ निष्कासनको प्रकृया अघि बढ्नेछ ।