काठमाडौंमा ग्यास सिलिण्डर विष्फोट, कति भयो क्षति ?

काठमाडौं – काठमाडौंमा ग्यास सिलिण्डर पट्किएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा सिलिण्डर विष्फोट भएको हो । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

‘ग्यासका कारण बिहान ६ बजे भान्सा कोठामा विष्फोट भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।’