CTEVT ले ३ हजार भन्दा बढि विद्यार्थीलाई छात्रबृद्धि दिने, कहिलेसम्म छ फारम भर्ने मिति ?

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (CTEVT)ले तीन हजार भन्दा धेरै विद्यार्थीहरुलाई छात्रबृद्धि दिने भएको छ । एसईई पास विद्यार्थीहरुका लागि डिप्लोमा अध्ययनका लागि विभिन्न विषयमा छात्रबृति दिन लागेको हो ।
परिषदले शैक्षिक सत्र २०७७÷७८ मा संचलान हुने तीन बर्षे डिप्लोमा कार्यक्रमका लागि ३ हजार ६७ जनालाई छात्रबृति दिन लागेको छ । छात्रबृद्धि लिनका लागि अनलाईनबाट फारम भर्न पर्ने परिषदले जनाएको छ । फारम भदौ ३० गतेदेखि असोज १९ गतेसम्म भर्न सकिने छ ।
अनलाइनबाट फारम भर्दा ६०० रुपैयाँ शूल्कसमेत बुझाउन पर्ने परिषदद्धारा जारी सूचनामा उल्लेख छ । यहाँ हेर्नुहोस् सूचना ।