सुनको मूल्य घट्यो

काठमाडौं – शुक्रबार सुनको मुल्य घटेको छ । बिहिबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो ।