भारतका असली एजेण्ट उद्योगमन्त्री लेखराज भट्ट, हेर्नुहोस् उनका कर्तुतहरुको चाङ

अछाम – उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट भारतका असली एजेज्ट भएको पाइएको छ । उनी मन्त्री भएर १ हप्ता भारतको महाराष्ट्र प्रदेश भ्रमण गर्न गएर पर्फिए पछि उनी असली एजेण्ट भएको खुलेको हो ।
उनी त्यहाँ रहँदा महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरे र प्रदेश प्रमुख भगतसिंह कोश्यारी लगायतलाई भेटेर मन्त्री बनाइदिएकोमा आभार व्यक्त गरेका थिए । विदेश भ्रमणमा जाँदा पुरा गर्नुपर्ने औपचारिकतासमेत पुरा नगरी सुटुक्क कोश्यारीलाई भेट्न भनेर महाराष्ट्र गएका थिए । भारतबाट नेपाल फर्केपछि आफू नजिकका मानिसहरुसँग ‘मलाई भारतले पूरै सहयोग गर्ने वचन दिएको छ, प्रचण्ड – ओलीले केही गर्न सक्दैनन्’ भनेर फुइलाउने गरेका थिए ।
भगतसिंह कोश्यारीसँग मन्त्री भट्टको पहिले देखिनै सम्बन्ध रहेको र अहिले उनैले मन्त्री बनाइदिएको पूर्वमाओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन । भारतबाट फर्केपछि भारतकै इसारामा मन्त्री भट्टले अध्यक्ष प्रचण्ड र सुदूरपश्चिम इञ्चार्ज भीम रावल विरुद्ध निकै सक्रियता बढाएका थिए । यहिक्रममा उनले आम निर्वाचनमा आफूलाई हराउन भूमिका खेलेको भन्दै दीपक साउदलाई अघोषित सल्लाहकारको रुपमा निकट राखेर कमिशन र फाइदाको स्वाद दिन थालेको चर्चा छ ।
गत आम निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन नेपाली कांग्रेसका उम्मेदवारसँग ४० लाख रुपैयाँ लिएको र त्यसमा दीपक साउद र खगेन्द्र रोकाया लगायतका मनिसहरु संलग्न रहेकोले कारवाहीका लागि निर्वाचन परिचालन कमिटीका संयोजक झंकर साउद (भाष्कर)ले पार्टीमा पठाएको उजुरीमा उल्लेख छ । उक्त उजुरी भट्टले नै लुकाएर कुमनाम पारेको खुलेको छ ।
- मन्त्री भट्टले लुकाएको पत्र
उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई हटाएर आफूले रोजेको व्यक्तिलाई मुख्यमन्त्री बनाउँछु भनी केही समय अघि प्रचार गर्दै हिडेका लेखराज भट्ट त्यसमा पूर्ण असफल भएपछि अहिले मुख्यमन्त्रीलाई महिले बनाएको हो भन्दै छाती चौडा गर्ने गरेका छन । कहिले आफूले मुख्यमन्त्री बनाएको भन्ने त कहिले भारतको चौकिदार र अयोग्य व्यक्तिलाई बनाइएछ, अब हटाइन्छ भन्दै मुख्यमन्त्रीका विरुद्ध हात धोएर लागेर गहिचिउरे कुरा गर्न लागेको डोटी र कैलाली जिल्लामा व्यापक छ ।
मन्त्री भट्टले विभिन्न उद्योगपति र व्यवसायीहरुसँग रकम संकलन गरी केही कार्यकर्तालाई रकम दिएर जिल्लामा पठाई गुटवन्दी गराउने र मानिसहरुलाई उक्साउने गरेको बुझिएको छ । विशेषगरी हालै अछाम जिल्लाको रामरोशन गा.पा. मा खगेन्द्र रोकाया, दीपक साउद र गोविन्द साउद मार्फत केही खाद्यान्न र पैसा परिचालन गरेको स्थानीय कार्यकर्ताहरु वताउँछन् । गोविन्द साउदलाई दुई लाख रुपैयाँ दिएर पठाइएको कुरा गाउँका कार्यकर्ताहरुले भनेका छन् ।
यससम्बन्धमा नेकपाको स्थानीय पार्टी कमिटीलाई भने कुनै जानकारी छैन । हालै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेपालको सीमा प्रशासन तथा तस्करी नियन्त्रणमा कडाई गरेपछि मन्त्री भट्टले गृहमन्त्रीलाई गलत कुरा लगाएर अचानक सरुवा गराएको कुरा पनि त्यहाँ चर्चित छ ।
- कारवाहीका लागि सिफारिसमा परेका दिपक साउद
गत आम निर्वाचनको समयमा दीपक साउदले धनगढीको एउटा होटलमा नेपाली कांग्रेसका नेताहरुसँग बसेर षडयन्त्र गरेको भनेर गुनासो गर्दे हिड्ने मन्त्री लेखराज भट्टले मन्त्री भएपछि कठिन अवस्थामा लामो समयसम्म स्वकीय सचिवजस्तै भएर काम गरेका दिनेश शाहलाई हटाएर आफ्नो भान्जालाई स्वकीय सचिव र दीपक साउदलाई अघोषित सल्लाहकार किन बनाउन पुगे भन्ने प्रश्न उनी निकटका मानिसहरुले गरिरहेका छन् ।
हाल मन्त्रीभट्टले मत जमिन्दारको सन्तान हुँ, मभन्दा ठूलो नेता सुदूरपश्चिममा कोही हुनसक्दैन भन्दै जहाँ जहाँ पार्टीमा अन्तरविरोध हुन्छ, ती अन्तरविरोधहरुको दुरुपयोग गर्दै काठमाण्डौबाट फोन गर्ने, गुटका भित्रिया मानिसहरु पठाई प्रलोभन र धम्की दिने र पार्टीको संगठनात्मक प्रणालीलाई कमजोर पार्ने काममा तिव्रता ल्याएको कुरामा सुदूरपश्चिम प्रदेशका नेकपाका कार्यकर्ताको गुनासो छ । यसै मेसोमा कार्यकर्ताहरुले मन्त्रीको चरित्र र नैतिकताको कुरा पनि उठाउँदै आएका छन् र त्यससम्बन्धी कुरा सार्वजनिक पनि भएका छन् ।
मन्त्री भट्ट भने पहिले मन्त्री हुँदा सुपारी काण्डमा संलग्न भनी गन्हाएका सरल भनिने ओम प्रकाश भाट र दीपक साउदजस्ता अन्तरघातीहरुलाई च्यापेर अब मलाई मन्त्री र सांसद हुनुछैन जे जे गर्नसक्छु गरेर जाने हो भन्दै गुट सञ्चालनमा तल्लीन रहेको निकटका मानिसहरुले भन्ने गरेका छन् ।
स्मरणीय छ, मन्त्री भट्टले पदको दुरुपयोग गरेर कैलालीमा रहेको आफ्नो ग्यास कम्पनीलाई एकजना ग्यास व्यवसायीलाई ठूलो रकममा किन्न लगाएका थिए । अहिले उद्योग, वाणिज्य र आपूर्ति मन्त्रीको निवास र मन्त्रालयमा विचौलिया र कमिशनखोरहरुको विगविगी रहेको छ ।