जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ आउँदै

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनीको ३० लाख कित्ता आईपीओ आउने भएको छ । बिहिबार नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएसँगै ठूलो परिणाममा आईपीओ निष्कशन गर्न लागेको हो ।

कम्पनीले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न भदौ २४ गते अनुमति पाएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमिति पाएको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ।