नेप्सेले थप्यो कारोबार समय, कति वेलासम्म हुन्छ कारोबार ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार समय थपेको छ । पछिल्लो समय स्थगन भएको कारोबार समयलाई हेरी समय थप गरिएको नेप्सेले जनाएको छ ।
‘बिहीबार कारोबार समय थप गरी पाँच बजेसम्म पुराइएको छ’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने। बिहीबार कारोबारको सुरुवात देखिनै ब्रोकर कम्पनीहरूको टिएमएस लग इन नहुने, खुलेकाकोसमेत खरिद बिक्री आदेश दाखिला नहुने जस्ता समस्या देखिएपछि कारोबार स्थगन गरिएको थियो।
के कति कारणले यस्तो भएको भन्ने अझै यकिन हुन नसकेको नेप्सेले जनाएको छ। त्यस बारेमा अध्ययन जारी रहेको प्रवक्ता पराजुलीको भनाइ छ। यद्यपि पछिल्लो समय दुई बजेर १५ मिनेट देखि कारोबार सुचारु भएको नेप्सेको भनाइ छ। यस अनुसार लगानीकर्ताले पाँच बजे सम्म कारोबार गर्न सक्ने छन्।