नेप्सेमा ठूलो चलखेल, टिएमएस बन्द गरेर करोडौंको कारोबार

काठमाडौं – टिएमएसमा समस्या आएर शेयर कारोबार रोक्का गरिए पनि भित्रभित्रै कारोबार भएको आशंका गरिएको छ । नेप्से सूचक र कारोबार रकम लगातार बढेपछि चलखेलको आशंका गरिएको छ ।

बिहिबार कारोबार र सूचक लगातार बढ्दै गएपछि लगानीकर्ता अन्योलमा परेका छन्। नेप्सेले टिएमएसमा समस्या आएपछि शेयर कारोबार बन्द भएको जनाएको छ। तर सो पश्चात् पनि सूचक र कारोबार रकममा भने परिवर्तन भएपछि लगानीकर्ताहरु अन्यवलमा परेका हुन ।