नेप्सेमा समस्या आएपछि सेयर कारोबार बन्द

काठमाडौं – नेपाल स्टक एक्स्चेन्च (नेप्से)मा समस्या आएपछि कारोबार बन्द भएको छ । कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएपछि शेयर कारोबार रोक्का भएको छ।

टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

उक्त समस्या समाधानका लागि प्रयासरत रहेको नेप्सेले जनाएको छ।