सुनको मूल्य बढ्यो

काठमाडौं – आज सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२५ रुपैयाँ पुगेको छ। लगातार चार दिन घटेको सुन तथा चाँदीको भाउ बुधबारदेखि बढ्न लागेको हो ।