२८० % बोनस दिने हल्लाले RBCL को सेयरमा सकारात्मक सर्किट, यस्ता छ बास्तविकता

काठमाडौं – सरकारी स्वमित्वको निर्जीवन बीमा कम्पनी ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड’ RBCL को सेयरमा बुधबार सकारात्मक सर्किट लाग्यो । बेथितिले भरिएको निर्जीवन बीमा कम्पनी भएपनि किन लगानीकर्ता आकर्षित भए भनेर खोज्दा केही ब्रोकरहरुले चलाएको हल्लाका कारण सकारात्मक सर्टिक लागेको पाइयो ।
उनीहरुले चलाएको हल्ला भने गलत थिएन । तर गलत समयमा हल्ला चलाएकाले ठूला लगानीकर्ता आकर्षित भएको एक लगानीकर्ताले बताए । ‘नागरिक लगानी कोषले राम्रो प्रतिफल दिने कम्पनी खोजिरहेको थियो ।’ आर्थिक सवालसँग एक लगानीकर्ताले भने, ‘त्यही समयमा हल्ला चल्यो र कोषले राष्ट्रिय बीमा कम्पनीको सेयर उठाएको हुनसक्छ ।’
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको चुत्तापुँजी तोकेर निश्चित समयमा पुरा गर्न निर्देशन दिएको थियो । सो निर्देशनको कम्पनीले अटेरी गर्दै आएको थियो । अहिले कम्पनीको चुक्तपुँजी २६ करोड ६६ लाख भन्दा बढि छ । राष्ट्र बैंक र बीमा समितिको निर्देशन अनुसार निर्जिबन बीमा कम्पनीले २०७५ सम्म चुक्तपुँजी १ अर्ब पुर्याउन पर्ने थियो ।
कम्पनीले १ अर्ब चुक्तपुँजी पुर्याउन दुई सय ८० प्रतिशत बोनस दिन पर्ने हुन्छ । लामो समयदेखि साधारण सभा गर्न नसकेको कम्पनीले पारित गरेको लाभांशसमेत वितरण गरेको छैन । कम्पनीले सेरय धनीलाई लाभांश वितरण गरे चुत्ता पुँजी सजिलै पुग्ने भएकाले कम्पनीले सम्भवत २८० प्रतिशत नै बोनश दिन सक्छ ।
यता कम्पनीले यस विषयमा अहिले केही सोची नसकेको जनाएको छ । ‘चुक्तपुँजी कसरी पुर्याउने, बार्षिक साधारण कहिले गर्ने र कति प्रतिशत लाभांश वितरण गर्ने भन्ने विषयमा कुनैपनि छलफल भएको छैन ।’ कम्पनीका माथिल्लो तहका एक अधिकारीले भने, ‘ हामीले साधारण सभाबाट पारित गरेको १ सय २० प्रतिशत बोनश समेत वितरण गर्न पाएका छैनौं ।’
कम्पनीले आर्थिक बर्ष २०६२/६३ को नाफाबाट १२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ११४.२७ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि कुनैपनि लाभांश वितरण गरेको छैन । पछिल्लो पटक कम्पनीले घोषणा गरेको लाभांश बीमा समितिले रोकेको थियो । बीमा समितिले आफूले दिएको निर्देशन विपरित लाभांश घोषणा गरेकाले सच्याएर ल्याउन भनेको थियो । त्यही विषयको विवादले अहिलेसम्म लगानीकर्ताले बोनस पाएका छैनन् ।
कम्पनीको लामो समयदेखि लेखापरिक्षण हुने सकेको थिएन् । बीमा समितिले विभिन्न विषयहरुलाई लिएर सच्यान आग्रह गर्दासमेत कम्पनीले अटेरी गरेपछि अहिले कम्पनी समस्यामा छ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालका अनुसार कम्पनी भित्रका आन्तिरिक समस्याहरु लगभग समाप्त भएका छन । ‘कार्तिकसम्म बाँकी रहेका सबै बर्षको लेखापरिक्षण सकिने छ ।’ आर्थिक सवालसँग कुरा गर्दै सीइओ अर्यालले भने, ‘लेखापरिक्षण सकियो भने अरु समस्या केही बाँकी रहन्न ।’
कम्पनीले बीमा समितिले केही सहज गरिदिएको खण्डमा सेयर धनीलाई राम्रो लाभांश वितरण गर्ने अवस्थामा रहेको बताएको छ । यता बीमा समितिले साधारण सभाबाट भएको निर्णय सच्याउन पर्ने अडान लिएकाले समस्या भएको कम्पनीको भनाई छ ।
बुधबार कम्पनीको सेयर सर्वसाधारण तर्फ १०८६८ मा अन्तिम कारोबार भएको थियो भने संस्थागत तर्फ ९५०८ मा कोरोबार भएको थियो ।