उन्नति सहकार्य लघुवित्तको एफपीओ आउँदै

काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । सेयर धनीहरुको अनुपात मिलाउने कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तलाई नेपाल राष्ट्र बैंकले अनिवार्य मर्जरमा जानपर्ने नीति ल्याएपछि धेरै लघुवित्तहरु मजर्जरमा गएका छन भने केही मर्जर हुने प्रक्रियामा छन । यही नीतिका कारण उन्नती र सहकार्य लघुवित्त एक आपसमा गाभिएका थिए । उनीहरु मर्जर भएपछि पब्लिक र संस्थापकहरुको रेयर रेसियो मिलेको थिएन ।

उनीहरूको शेयर संरचना ७५ः२५ को छ । जसमा ७५.४५ प्रतिशत संस्थापक र २४.५५ प्रतिशत पब्लिक रहेको छ। उसले पनि शेयर संरचना मिलाउन एफपिओ जारी गर्ने निर्णय गरेको कम्पनीका एक अधिकारीले जानकारी दिए। तर, कति प्रतिशत हुने तय भइसकेको छैन।

कोरोना भाइरसको महामारी केही कम भएपछि कम्पनीले साधरण सभा बोलाएर एफपीओ जारी गर्ने लघुवित्तका एक कर्मचारीले बताए ।