काठमाडौंको निषेधाज्ञा खुल्यो, केहिमा प्रतिबन्ध कायमै

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुलेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी जिषेधाज्ञा खुकुलो बनाउने निर्णयगरेसँगै निषेधाज्ञा खुलेको हो । ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो बनाएर निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चलाउन दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। यसैगरी सार्वजनिक सवारी साधानको हकमा १६ सिट भन्दा बढी क्षमता भएका सवारी साधान पनि जोर विजोर प्रणालीमा चल्न दिने निर्णय गरेको छ।
उपत्यकामा पछिल्लो पटक थप गरको निषेधाज्ञाको बुधबार राति १२ बजे सकिँदैछ।