चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं – नेप्सेमा सूचीकृत चार कम्पनीका फण्डहरुको भोलीदेखि बुक क्लोज हुँदैछ । ती कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
एनआईसी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड तथा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ। त्यसअनुसार आजसम्मका नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।
नबिल इक्विटी फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) र नबिल ब्यालेन्स्ड फण्ड २ ले ९ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।