उदयपुरका स्वतन्त्र श्रमिकहरु संगठित

काठमाडौं – उदयपुरका स्वतन्त्र श्रमिकहरु संगठित भएका छन । श्रमितको हितमा आवाज उठाउने उदेश्यले उदयपुर स्वतन्त्र श्रमिक समिति संगठन निर्माण भएको छ । टिकाराम राईको अध्यक्षता स्वतन्त्र श्रमिक संगठन निर्माण भएको हो ।

मजदुरको नाममा राजनीति गर्ने र आफ्ना स्वार्थ पुरा गर्ने हतियारका रुपमा श्रमिकलाई प्रयोग गरेको भन्दै उनीहरु स्वस्पूर्त रुपमा संगठित भएका हुन । मजदुरहरु जिवनयापनको लागि ठूलो संघर्ष गर्नु पर्ने, रात दिन पसिना बगाएर आफूलाई बचाउनु पर्ने अवस्थामा ठेकेदार मालिकहरुबाट आफ्नो पारिश्रमिक नपाउँदा बाँच्ने आधार नै नहुने आफूहरु संगठित हुन परेको समितिका अध्यक्ष टिकाराम राईले बताए । त्यस्ता व्यक्तिहरुलाई कार्वाही नगर्दा देशका कयौँ मजदुरहरु अन्यायमा परेको अध्यक्ष राईको भनाई छ ।

श्रमिकलाई पेन्सनको व्यवस्था, विमाको व्यवस्था र मजदुर पेसा अति जोखिम कार्य रहेको हुँदा सुरक्षाको ग्यारेन्टी समेतको एजेन्डा सरकार सँग माग गर्ने समितिले जनाएको छ । गणतान्त्रिक सम्पर्क समन्वय समिति नेपालका केन्द्रिय सदस्य सिव राईको प्रमुख आथित्यतामा समिति गठन गरिएको हो ।